कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


२२ माघ २०८०, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

हिउँदे अधिवेशनको पहिलो बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

सभामुखको सचिवालयका अनुसार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक साढे १ बजे संसद् भवन नयाँ वानेश्वरस्थित शंकर हलमा बस्नेछ ।

बैठकमा प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत गर्ने लगायतका विषयमा छलफल हुनेछ । सभामुख घिमिरेले सातामा तीन दिन सदनको बैठक र अर्को तीन दिन संसदीय समितिको बैठक बस्न मीने गरी क्यालेन्डर प्रस्ताव गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिमा सभामुख, कानुनमन्त्री र प्रतिनिधिसभामा रहेका सबै दलको प्रमुख सचेतक, सचेतक र दलले तोकेका प्रतिनिधिहरू सदस्य हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस