विश्वविद्यालय उपकुलपति नियुक्तिमा भागबन्डा अन्त्य गरौँ : गगन थापा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वविद्यालय उपकुलपति नियुक्तिमा भागबन्डा अन्त्य गरौँ : गगन थापा 


२० माघ २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा भागबन्डाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

शनिबार वीरगन्जबाट प्रकाशित अंकुश दैनिकको रजत वर्ष समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालका विश्वविद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएको र विद्यार्थी विदेश पलायन हुने क्रम बढेकाले योग्य र सक्षम उपकुलपति छनोट गर्नुपर्ने औँल्याएका हुन् । 

‘विश्वविद्यालय भत्काउने कि सुधार गर्ने भन्ने जिम्मा हाम्रो हातमा छ । विश्व विद्यालयमा विद्यार्थीहरूको संख्या र विश्वसनीयता घट्दो छ । विदेश पलायन बढ्दो छ । रोजगारी वा अध्ययनका सिलसिलामा युवाहरू विदेश गइरहेका छन् । विश्व विद्यालय बिग्रियो भनेर नै धेरैले देश छाडेका छन् । यस्तो अवस्थामा उपकुलपति नियुक्तिमा भागबण्डा खोज्नु हुँदैन ।’

यति बेला नेपाली काँग्रेस संसदमा, सरकारमा वा स्थानीय सरकार रहेकाले सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने थापाले बताए । पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूले वा जो व्यक्ति जे मा आबद्ध हुनुहुन्छ त्यसमै काम गर्न सुझाव दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस