सुझाव र आलोचनालाई आधार मानेर आगामी कदम चाल्छौं : नेता सिंह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुझाव र आलोचनालाई आधार मानेर आगामी कदम चाल्छौं : नेता सिंह


२० माघ २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानले व्यवस्था गरे अनुसारको अधिकारको बाँडफाँट गर्नुपर्ने बताएका छन् ।

मधेस प्रदेशका लागि राज्यका हरेक ठाउँमा महत्त्व दिएर नीति निर्माण गर्नुपर्ने भन्दै मधेसका जनताले उठाएका जायज मुद्दामाहरुको उचित सम्बोधन काँग्रेसले मात्रै गर्ने बताए । नेपाली काँग्रेस सिरहाले शनिबार समुदायमा काँग्रेस अभियान अन्तरगतको कार्यक्रममा नेता सिंहले उक्त कुरा बताएका हुन् । भ्रष्टाचारले हरेक क्षेत्रलाई तहसनहस  बनाएकोप्रति उनले चिन्ता व्यक्त गरे । 

काँग्रेस यसपटक गाउँ गाउँमा पुगेर जनताका पीरमर्का, गुनासो सुनिरहेको भन्दै समुदायमा काँग्रेस अभियानबाट पाएका सुझाव र आलोचनालाई ग्रहण गर्दै पार्टी र मुलुक सञ्चालनमा तिनै सुझाव र आलोचनालाई आधार मानेर पार्टीले आगामी कदम अगाडि बढाउने बताए । 

मुलुकको नीति निर्माणका क्रममा आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र विकास निर्माणको जन चाहाना अनुरूपको नीति अवलम्बन गर्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस