अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु


२० माघ २०८०, शनिबार


काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ढाकावाङ्गको थापाडाडाँमा बाटोबाट करिब १५० मिटर जीप तल खसेर दुर्घटना भएको हो ।

शनिबार बिहानै भएको दुर्घटनामा २ जनाको मृत्यु भए पनि उनीहरूको पहिचान खुलेको छैन । लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना के कारण भयो भन्ने विस्तृत खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस