काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा भारतविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ ।
भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको छ । ७७ रन जोड्दा नेपालले शीर्ष ७ ब्याटरलाई गुमाइसकेको छ । सुरुआत मध्यम गरेको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदा सङ्कटमा परेको हो ।
नेपालका लागि दीपक बोहरा र अर्जुन कुमालले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । तर, त्यसपछि २९ रन जोड्दा नेपालले ७ विकेट गुमाएको छ ।
नेपालका ओपनर दीपक २२ र अर्जुन २६ रन बनाएर आउट भए । त्यसपछि आएका ब्याटर क्रिजमा टिक्नै सकेनन् । उत्तम थापामगर ८, विशालविक्रम केसी १ र दीपक डुम्रे शून्य रनमा आउट भए । गुल्सन झा १, दीपेश कँडेल शून्य रनमा पभेलियन फर्किए ।







