रविले सांसदहरुसँग गरे तीन प्रश्न केन्द्रित छलफल  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रविले सांसदहरुसँग गरे तीन प्रश्न केन्द्रित छलफल 


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सांसदहरुलाई सोधेको तीन प्रश्नमा केन्द्रित भएको छ ।

आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले एक हप्ताअघि आगामी अधिवेशनका विषयमा पार्टीका सबै सांसदहरुलाई सोधेको प्रश्नमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनका अनुसार सभापति लामिछानेले संविधान निर्माणपछि राज्य सञ्चालनको लागि आवश्यक पर्ने ४० विधेयकमा के भइरहेको छ ? तपाईँ भएको समितिमा भए त्यसको अवस्था के छ ? निर्वाचनको बेलामा बाचापत्रमा उठाएको मुद्दा त्यो अनुसार विधेयकमा काम गर्न सक्छौँ कि सक्दैनौँ र नागरिक अधिकार र स्थानीय समस्याहरूको केके मुद्दा उठाउनुहुन्छ ? भन्ने प्रश्न गरेका थिए ।

त्यसबारेमा आजको सबैले आआफ्नो कुरा राखेको र सोमबार बैठक बस्नुअघि थप छलफलका लागि बैठक बस्ने उनले बताए ।

उनले भने, ‘अबको अधिवेशनमा मुख्य कानूनहरु टुङ्ग्याएरै जानुपर्छ भनेर सरकारलाई दबाब दिन काम गछौं । रास्वपाले नागरिकको अधिकार सुनिश्चित गर्ने सवालमा सरकारलदे त्यो विधेयक नल्याएर गैर सरकारी विधेयकमा काम गर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस