जीवी राईसहितका पदाधिकारी विरुद्ध उजुरी दिन प्रहरीको आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जीवी राईसहितका पदाधिकारी विरुद्ध उजुरी दिन प्रहरीको आग्रह


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई उजुरी दिन सार्वजनिक सूचना जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्रीराम भण्डारीले एक सूचना जारी गर्दै १५ दिन भित्र पीडितहरूले उजुरी दिन अनुरोध गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं ०३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयका पदाधिकारी, सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापकसमेतले सहकारीमा आबद्ध रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेको कसुरमा जाहेरी आउने क्रम जारी रहेको भन्दै प्रहरीले उजुरी दिन छुटेका निक्षेपकर्तालाई १५ दिन भित्र उजुरी दिन भनेको हो ।

प्रहरीले सहकारीका पदाधिकारी तथा व्यवस्थापक विरुद्धको ठगी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

सहकारी संस्था लिमिटेडका सञ्चालक गितेन्द्रबाबु राई (जीवी) बचतकर्ताको ८५ करोड रकम हिनामिना गरी फरार भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस