अरुण चौधरी पक्राउबारे सांसद विनोद चौधरीले गराए देउवाको ध्यानाकर्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अरुण चौधरी पक्राउबारे सांसद विनोद चौधरीले गराए देउवाको ध्यानाकर्षण


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । अरुणकुमार चौधरीलगायतलाई सीआईबीले पक्राउ गरेको विषयमा सांसद विनोद चौधरीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

आजको काँग्रेस संसदीय दलको बैठकमा अरुणका दाजु विनोद चौधरीले पक्राउ र सम्भावित परिस्थितिबारे संसदीय दलको ध्यानाकर्षण गराएका हुन् ।

सांसद चौधरीले संसदीय दल र नेतृत्वको ध्यानाकर्षण गराएको एक नेताले जानकारी दिए । चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको निजीकरणदेखिका सबै प्रक्रियाहरूको बारेमा जानकारी गराउँदै आफूहरूमाथि योजनाबद्ध रूपमा हमला गरेको विषयमा दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

चौधरीले ४२ सालमा खुल्ला प्रतिस्पर्धाबाट शेयर किनेको बैठकमा जानकारी गराएका बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस