भारतविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स टोली भारतसँग टस हारेको छ । भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

नेपालले पौने दुई बजे सुरु हुने खेलमा नेपालले टस हार्दै पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो ।

नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने देखिन्छ । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस