२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसमा हुने मानवतस्करी रोक्न श्रममन्त्री भण्डारीको ध्यानाकर्षण 

अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरू गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको  सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।

डा.बद्री केसी अध्यक्ष रहेको समूहको नेतृत्वमा मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जानेक्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो ।   

संघले विगतदेखि रसियामा काम गर्दै आएका नेपालीहरूको हकमा श्रम नवीकरण र अध्यागमनमा भएको अवरोध हटाई उहाँहरूलाई निर्बाध रूपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो ।

संघले यसअघि  विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सूचना मस्कोस्थित नेपाली दूतावासलाई दिई मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ ।

नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समयदेखि रसियामा  स्थायी रूपमा बसोबास गर्ने, अध्ययन तथा व्यवसाय गर्ने नेपालीहरूको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ । यसरी बसोबास गर्दै  आएका नेपालीहरू छुट्टिमा नेपाल आउँदा अध्यागमन बाट रुस जाने नेपालीहरूलाई रोक्ने, श्रम स्वीकृति नगर्ने जस्ता घटनाहरू भइरहेकोप्रति समेत संघले ध्यान  आकर्षण गराएको छ ।

भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।  संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारीको सहभागिता थियो ।