आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना 


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा  आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

 कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस