कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त


१८ माघ २०८०, बिहिबार


काठमाडौँ। कृषि सामाग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त भएका छन् । यसअघिका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीको कार्यकाल सकिएपछि गत सालको फागुनदेखि पद रिक्त थियो ।

कम्पनीका अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले पोखरेलको नाम सिफारिस गरेको हो । प्रबन्ध सञ्चालकका लागि ९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये पोखरेलसहित भोजराज अधिकारी, रामचन्द्र ढकाल गरी तीन जनाको नाम सिफारिस भएको थियो ।

तीन जनामध्येबाट सिवाकोटीको नेतृत्वको बैठकले कायममुकायम प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । भण्डारीको कार्यकाल सकिएलगत्तै समितिले कम्पनीको वरिष्ठ अधिकृत कर्मचारीमध्येबाट समितिले निर्णय गरेर कायममुकायमको जिम्मेवारी दिएको थियो

Tags :
प्रतिक्रिया दिनुहोस