भारतले बढायो नेपाललाई दिने अनुदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतले बढायो नेपाललाई दिने अनुदान


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । भारतले नेपाललाई दिने अनुदान बढाएको छ । नेपालका लागि वित्त वर्ष २०२३/२४ मा ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेको छ ।

वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी छिन् । भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्‍याएको छ ।

यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२/२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस