दश किलो गाँजासहित पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दश किलो गाँजासहित पक्राउ


१७ माघ २०८०, बुधबार


बारा । दश किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । 

मकवानपुरको हेटौँडा नगरपालिका-३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । 

इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका-७ निजलाई खानतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस