अमिन ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अमिन ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१७ माघ २०८०, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चार हजार घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाडौँमा बुधबार मुद्दा दायर गरिएको हो ।

नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवतबापत चार हजार लिएको अख्तियारको दाबी छ ।

ढकालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरमा कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

नापी कार्यालय नवलपरासीका अमिन ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउन सेवाग्राहीसँग चार हजार घुस मागेको अख्तियारको ठहर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस