रोकिएका विधेयकहरू संसदमा दर्ता गर्ने तयारी, फलो गर्न मुख्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रोकिएका विधेयकहरू संसदमा दर्ता गर्ने तयारी, फलो गर्न मुख्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन 


१६ माघ २०८०, मंगलबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट अपेक्षित कानुन बनाउन नसकिएको बताएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।  सरकारले संघीय संसदको अधिवेशन यही माघ २२ गतेदेखि बोलाएको छ ।

‘संसद सुरु हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ । मुख्य सचिवले फलोअप गर्नुहोला । कानुन मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला । राम्रो तयारी गर्नुहोला’ प्रधानमन्त्री ‘प्रचण्ड’ले थपे, ‘यसपटक संसद्लाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ । गुनासो नआउने गरी काम गर्नुहोला ।’

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताए ।

प्रधानमन्त्री, मुख्यसचिव अर्याललाई कानुन मन्त्रालयले मंगलबार विधेयकको तयारी लगायतका विषयमा ब्रिफिङ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस