पूर्वी नाकाबाट मिटरब्याजविरुद्धको न्याय मार्च सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वी नाकाबाट मिटरब्याजविरुद्धको न्याय मार्च सुरु


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ ले मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट ‘न्याय मार्च’ सुरु गरेको छ । महाकालीको गड्डाचौकी र काँकडभिट्टाबाट एकैपटक मसाल बालेर न्याय मार्च सुरु गरिएको हो । पूर्वमा अध्यक्ष अवधेश कुशवाहा र महाकालीमा प्रवक्ता नीर्ग नवीनले आन्दोलनको अगुवाइ गरेका छन् ।

न्याय मार्चमा झापासहित सुनसरी, मोरङ, धनुषा, रौटहटलगायत जिल्लाका मिटरब्याजी पीडितहरू सोमबारै पूर्वी नाकामा जम्मा भएका थिए । मिटरब्याजसम्बन्धी कानुन संशोधन र आर्थिक तथा सामाजिक अपराधका रूपमा स्थापित मिटरब्याज छानबिनका लागि शक्तिशाली उच्च आयोग गठनको प्रमुख मुख्य मागसहित आन्दोलन सुरु गरिएको अध्यक्ष कुशवाहाले जनाएका छन् ।

पूर्वको र पश्चिमवाट पैदल यात्रासहित आउने पीडितहरू चितवनमा भेला भइ पुनः पैदलमार्फत काठमाडौं पुग्ने र त्यहाँ बृहत् सभा आयोजना गरिने जनाइएको छ । देशभर ५ लाखभन्दा बढी मिटरब्याज पीडितहरू रहेको र सबै आन्दोलनमा सहभागी भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस