इन्जिनियर चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर, कैदसहित तोकियो सजाय र जरिवाना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इन्जिनियर चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर, कैदसहित तोकियो सजाय र जरिवाना


१५ माघ २०८०, सोमबार


काठमाडौँ । डिभिजन सडक कार्यालय मोरङका तत्कालीन प्रमुख इन्जिनियर जितेन्द्र चौधरी भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गत पुस २९ मा फैसला गरी सोमबार सजाय निर्धारण गरेको अदालतका प्रवक्ता धन बहादुर कार्कीले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्वभाविक आर्जन गरेको भन्दै अकुत सम्पत्तिमा ०७६ साल फागुन ४ मा मुद्दा दायर गरेको थियो ।

अदालतले चौधरीलाई ६ महिना कैद र जरिबानासहित दुई करोड, ४४ लाख, ९३ हजार ७६५ रुपैयाँ असुल गर्ने फैसला गरेको प्रवक्ता कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस