उद्योग महासंघले भन्यो-व्यवसायीलाई १० हजार रुपैयाँभन्दा बढी जरिवाना गर्नुहुँदैन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उद्योग महासंघले भन्यो-व्यवसायीलाई १० हजार रुपैयाँभन्दा बढी जरिवाना गर्नुहुँदैन


१५ माघ २०८०, सोमबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले ऐन, कानुनको पालना नगर्ने व्यापारी, व्यवसायीहरूलाई १० हजार रुपैयाँ भन्दा बढी जरिवाना गर्न नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको विषयमा भएको छलफलमा उनले व्यापारीलाई सजायको हद १० हजार रुपैयाँ भन्दा बढी राख्नु अनुचित रहेको बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्याकिङ खाद्य पदार्थमा उपभोगको निमित्त अधिकतम राम्रो मिति (बेस्ट विफोर डेट) लेभलमा खुलाउनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए ।

त्यस्तै विधेयकमा दूषित र मिसावटलाई एउटै हो भन्ने किसिमले व्यवस्था गरिएको भन्दै कुनै वस्तुमा मिसावट हुने बित्तिकै त्यो वस्तु दूषित भनी कारबाही गर्ने ऐनको प्रावधानलाई परिवर्तन गरी दूषित र मिसावटसम्बन्धी छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस