काठमाडौँ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न निकायहरूमा कर्मचारीको दरबन्दी थप गरेको छ । मन्त्रिपरिषद्को बैठकले सूचना प्रविधि विभाग, एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको प्रस्तावित सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको हो ।माघ ९ को बैठकले सूचना प्रविधि विभाग थप नयाँ चार स्थायी दरबन्दी स्वीकृत गरेको छ ।
यसै गरी एकीकृत डाटा व्यवस्थापन केन्द्रमा अस्थायी र करार दरबन्दी रहेकोमा कुल ५९ स्थायी दरबन्दी स्वीकृत गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरी सहसचिव (प्राविधिक) महानिर्देशक रहने गरी स्वीकृत प्रदान गरिएको छ । केन्द्रको नेतृत्व मन्त्रालयका प्राविधिक सहसचिवले गर्ने छन् भने सूचना प्रविधि विभागकै शाखा अधिकृत, रा.प.तृतीय (प्रा)लाई केन्द्रको शाखा अधिकृतको समेत कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको छ । बाँकी स्वीकृत अन्य पदका हकमा लोक सेवा आयोगले विज्ञापन खोल्ने छ । केन्द्र सोझै मन्त्रालय अन्तर्गत रहने छ । केन्द्रमा कूल १३ दरबन्दी कायम गरिएको छ ।
सूचना प्रविधि विभागमा चार दरबन्दी थप गरी साबिकको दरबन्दी सङ्ख्या ३५ मा बढाएर कूल ३९ दरबन्दी कायम गरिएको छ । विभागमा महानिर्देशक (रा.प.प्र.) प्रा. (विविध) १, उपमहा निर्देशक (रा.प.प्र.) प्रा. (विविध) १ रहने छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा ५९ दरबन्दी कायम गरिएको छ । केन्द्रमा एक जना महानिर्देशक र तीन जना निर्देशक रहने छन् ।
साइवर स्पेसको सुरक्षा र साइवर सुरक्षाका घटनाहरूको अनुगमन, पूर्वतयारी, रोकथाम, पहिचान र प्रतिकार्य सम्बन्धी कार्य प्रभावकारी रूपमा सम्पादन गर्नको लागि विभाग र केन्द्रहरूलाई चुस्त र विद्युतीय शासनमैत्री सेवा प्रवाह गर्न सक्ने गरी सङ्गठन संरचना निर्माण गर्न दरबन्दी पुनरावलोकन गरिएको मन्त्रालयले जनाएको हो । अस्थायी दरबन्दीबाट सञ्चालन हुँदै आएको केन्द्रलाई आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूची १६ बमोजिम खारेज गरी यस सम्बन्धी कार्य गर्न स्थायी सङ्गठन संरचना र दरबन्दी तयार गरिएको हो ।
यस्तो छ दरबन्दी संरचना
सूचना प्रविधि विभाग
महानिर्देशक (रा.प.प्र.). प्रा. (विविध)-१
उप महानिर्देशक (रा.प.प्र.), प्रा. (विविध)-१
प्रणाली परीक्षण शाखा
निर्देशक, रा.प.द्वितीय(विविध)-१
कम्प्यूटर ईन्जिनियर, रा.प. तृतीय (विविध)-४
कम्प्युटर अधिकृत (सेक्युरिटी) रा.प. तृतीय (विविध)-१
कम्प्युटर टेक्निसियन रा.प.अनं. प्रथम (विविध)-१
प्रणाली विकास तथा सञ्चालन शाखा
निर्देशक, रा.प. द्वितीय (विविध)-१
कम्प्युटर ईन्जिनियर, रा.प. तृतीय (विविध)-२
कम्प्युटर अधिकृत (प्रोगामर) रा.प. तृतीय (विविध)-२
कम्प्युटर अधिकृत (डाटाबेस)– रा.प. तृतीय (विविध)-२
कम्प्युटर अधिकृत (सिस्टम आर्किटेक)– रा.प.तृतीय(विविध)-१
कम्प्युटर अधिकृत (गुणस्तर) रा.प. तृतीय (विविध)-१
कम्प्युटर टेक्निसियन, रा.प.अनं. प्रथम (विविध)-१
प्रशासन तथा जनशक्ति विकास शाखा
उपसचिव, रा.प. द्वितीय (प्र)– १
शाखा अधिकृत रा.प.तृतीय (प्र)– १
लेखा अधिकृत, रा.प.तृतीय– १
कानुन अधिकृत रा.प.तृतीय– १
कम्प्युटर टेक्निसियन रा.प.अनं. प्रथम (विविध)– १
हलुका सवारी चालक– ३
कार्यालय सहयोगी– ६
पुर्वधार विकास, अनुमति, नियमन तथा मापदण्ड निर्धारण शाखा
निर्देशक, रा.प.द्वितीय (विविध) – १
कम्प्युटर ईन्जिनियर, रा.प. तृतीय (विविध) –४
कम्प्युटर अधिकृत, रा.प.तृतीय (विविध)– १
राष्ट्रिय सूचना प्रविधि केन्द्र
कार्यालय प्रमुख (रा.प.प्र.), प्रा. (विविध)– १
सूचना प्रविधि शाखा
निर्देशक, रा.प.द्वितीय (विविध)-१
कम्प्युटर अधिकृत (डाटा सेन्टर), रा.प. तृतीय (विविध)-४
कम्प्युटर अधिकृत (सिस्टम एडमिनिस्ट्रेटर) रा.प. तृतीय (विविध)-३
कम्प्युटर अधिकृत (नेटवर्क एडमिनिस्ट्रेटर), रा.प. तृतीय (विविध)-३
कम्प्युटर अधिकृत (सेक्युरिटी), रा.प. तृतीय (विविध)-३
डिजास्टर रिकभरी कार्यालय, हेटौडा–
निर्देशक, रा.प. द्वितीय (विविध)-१
विद्युतीय प्रणाली सञ्चालन शाखा
निर्देशक, रा.प.द्वितीय (विविध)-१
कम्प्युटर ईन्जिनियर, रा.प. तृतीय (विविध)-३
ईलेक्ट्रिकल ईन्जिनियर, रा.प. तृतीय-२
ईलेक्ट्रिकल टेक्निसियन रा.प.अनं. प्रथम-२
आन्तरिक व्यवस्थापन तथा योजना एकाइ,
शाखा अधिकृत, रा.प. तृतीय (प्र.)-१
लेखा अधिकृत, रा.प. तृतीय-१
कम्प्युटर ईन्जिनियर, रा.प. तृतीय (विविध)-३
नायव सुब्बा, रा.प.अनं. प्रथम (प्र.)-१
हलुका सवारी चालक-३
कार्यालय सहयोगी-४
सूचना प्रविधि एकाइ
कम्प्युटर अधिकृत (डाटा सेन्टर), रा.प. तृतीय (विविध)-३
कम्प्युटर अधिकृत (सिस्टम एडमिनिस्ट्रेटर), रा.प. तृतीय (विविध)-१
कम्प्युटर अधिकृत (नेटवर्क एडमिनिष्ट्रेटर), रा.प. तृतीय (विविध)-३
कम्प्युटर टेक्निसियन (डाटा सेन्टर) रा.प.अनं. प्रथम (विविध)-२
प्रशासन एकाइ
नायब सुब्बा, रा.प. अनं. प्रथम (प्र.)-१
लेखापाल रा.प. अनं. प्रथम-१
हलुका सवारी चालक-२
कार्यालय सहयोगी-२
विद्युतीय प्रणाली सञ्चालन एकाइ
ईलेक्ट्रिकल ईन्जिनियर, रा.प. तृतीय-१
ईलेक्ट्रिकल टेक्निसियन, रा.प.अनं. प्रथम-३
राष्ट्रिय साइवर सुरक्षा केन्द्र
महानिर्देशक (रा.प.प्रथम(प्रा), विविध)-१
निर्देशक, रा.प.द्वितीय (विविध)-१
कम्प्युटर अधिकृत (सेक्युरिटी अपरेशन विश्लेषक), रा.प.तृतीय (विविध)-२
कम्प्युटर ईन्जिनियर, रा.प. तृतीय (विविध)-४
कम्प्युटर अधिकृत (नेटवर्क एडमिनिष्ट्रेटर), रा.प.तृतीय (विविध)-१
कम्प्युटर अधिकृत (सेक्युरिटी), रा.प.तृतीय (विविध)-२
लेखा अधिकृत, रा.प.तृतीय-१
कार्यालय सहयोगी, श्रेणीविहीन-१
हलुका सवारी चालक, श्रेणीविहीन-१