२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको अर्को एक्सन : शिक्षा विभाग प्रमुखलाई सोध्यो स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ । मध्यबानेश्वरस्थित रत्नराज्य स्कुललाई विज्ञान सङ्कायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको विषयमा महानगर प्रमुख बालेन शाहको सचिवालयले शुक्रवार कोइरालासँग स्पष्टीकरण सोधेको हो ।

नगर शिक्षा समितिमा निर्णय नै नभएको स्कुललाई विज्ञान सङ्कायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि स्पष्टीकरण सोधिएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । शाहले भने, ‘रत्नराज्य स्कुललाई विज्ञान सङ्कायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको विषयमा महानगरमा उजुरी पर्‍यो । प्रारम्भिक रूपमा हेर्दा उजुरी ठिक रहेको पाइयो । उजुरी ठिक पाइएपछि उहाँलाई सफाइ पेस गर्ने भनिएको छ ।’

यस्तै सचिवालयले कोइरालालाई एक साता बिदामा बस्न निर्देशन दिएको छ । कोइरालालाई गत शुक्रवार स्पष्टीकरण सोधिएको हो । सफाइ पेस गर्न ७ दिनको म्याद दिइएको छ । कोइरालाले गत साउनमा उक्त स्कुललाई पत्र काटेको भेटिएको छ ।