एमालेको निष्कर्ष : कर्णाली सरकारको एक वर्षको प्रगति शून्य « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमालेको निष्कर्ष : कर्णाली सरकारको एक वर्षको प्रगति शून्य


१४ माघ २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेले कर्णाली प्रदेश सरकारको एक वर्षको कार्यप्रगति शून्य रहेको निष्कर्ष निकालेको छ ।

१२ माघमा बसेको कर्णाली प्रदेशसभा संसदीय दलले सरकारको कार्यप्रगति शून्य र निराशाजनक रहेको निष्कर्ष निकालेको हो । 

विकासप्रति जनताको आकांक्षा, कर्णालीको भौगोलिक अवस्था र सरकारको विकास नीति तथा गतिबीच तालमेल नमिलेको एमालेको टिप्पणी छ ।

सरकारको गलत कामका कारण जनप्रतिनिधि र व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको एमालेको भनाई छ । 

राजकुमार शर्मा नेतृत्वको कर्णाली सरकारले गत २७ पुसमा एक वर्ष पूरा गरेको थियो । एमालेले योजना निर्माणमा प्रदेश सरकार अपारदर्शी रहेको र भ्रष्टाचार तथा कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा नै उद्धत भएको आरोप लगाएको छ ।

प्रदेशसभामा सरकारलाई नीतिगत सुधार, कर्णालीको समृद्धि, सुशासन र पारदर्शिताका विषयमा पटक-पटक घच्घच्याए पनि नसुनेको एमालेको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस