काठमाडौँमा आज यो वर्षकै बढी चिसो  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँमा आज यो वर्षकै बढी चिसो 


१४ माघ २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ। अधिकतम तापक्रम पनि १६.५ डिग्री सेल्सियस पुग्ने महाशाखाको पूर्वानुमान छ। हिजो न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो।

न्यूनतम र अधिकतम तापक्रम दुवै कम हुँदै जाँदा काठमाडौंमा चिसो दिनहुँ बढेको महसुस गरिएको छ। आज सबैभन्दा कम तापक्रम जुम्लामा छ। महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १३.६ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ।

Tags :
प्रतिक्रिया दिनुहोस