धारिलो हतियार प्रहार गरी एक युवाको हत्या « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

धारिलो हतियार प्रहार गरी एक युवाको हत्या


१२ माघ २०८०, शुक्रबार


म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । बेनी नगरपालिका-८ पिपलचोक बस्ने रघुगङ्गा गाउँपालिका-१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । 

उनका अनुसार बेनीको न्यूरोडमा युवाहरूको समूहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

मृतकको टाउको र छातीमा चोट लागेको छ । थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कुमार गुरुङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस