राप्रपाले भन्यो-कोशीमा एमालेले राजनीतिक बेइमानी गर्‍यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राप्रपाले भन्यो-कोशीमा एमालेले राजनीतिक बेइमानी गर्‍यो


११ माघ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमालेले राजनीतिक बेइमानी गरेको प्रतिक्रिया दिएको छ ।

राप्रपाले गठबन्धन गरेको दलको उम्मेदवारलाई भोट नदिएर एमालेले कोसी प्रदेशमा राजनीतिक बेइमानी गरेको बताएको हो।

बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेशबाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिटौला र प्रतिपक्षी गठबन्धनबाट एमालेकी रूक्मिणी कोइराला विजयी भएका थिए ।

प्रतिपक्षी गठबन्धनबाट राप्रपाका उद्धव पौडेललाई पराजित गरेर सिटौला निर्वाचित भएका थिए । महिला समूहबाट भने प्रतिपक्षी गठबन्धनकी कोइरालाले सत्तारुढ गठबन्धनकी चम्पा कार्कीलाई पराजित गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस