प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


११ माघ २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

डक निर्माण योजनामा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख शासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब-इन्जिनियर दीप नारायण यादव, कार्यवाहक वडा अध्यक्ष, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई सम्झौता बमोजिम स्वीकृत गरे अनुसारको लागत अनुमान बमोजिम कार्य नगरी कम काम भएको गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताबमा प्रमाणित गरी
कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी १० लाख ९७ हजार आठ सय ५२ रुपैयाँ २९ पैसा हिनामिना गरेको अख्तियारको ठहर छ ।

यस्तै वडा नम्बर ८ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष धन बहादुर रोकाया, तत्कालीन कार्यपालिका सदस्य राम कुमार नेपाली (दमाई), वडा प्राविधिक (असिस्टेन्ट सब-इन्जिनियर) इशारा बुढा, घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मान बहादुर रोकाया र कोषाध्यक्ष निर्मला रोकायाविरुद्ध पनि मिलेमतो गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस