मौन अवधिमा प्रचार प्रसार भएको जानकारी आएको भन्दै मोरङका प्रजिअसँग आयोगले माग्यो प्रतिवेदन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मौन अवधिमा प्रचार प्रसार भएको जानकारी आएको भन्दै मोरङका प्रजिअसँग आयोगले माग्यो प्रतिवेदन


१० माघ २०८०, बुधबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेको समयमा मोरङको विराटनगरमा राष्ट्रिय सभा निर्वाचनको प्रचार प्रसार भएको जानकारी आएको भन्दै प्रमुख जिल्ला अधिकारीसँग प्रतिवेदन मागेको छ ।

आयोगले बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई एक पत्र लेखी विराटनगरमा दलहरूले गरेको गतिविधि निर्वाचन आचारसंहिता विपरीत हो कि होइन २४ घण्टाभित्र लेखी पठाउन निर्देशन दिएको हो ।

‘यस सम्बन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिमा भनेका छन् ।

आयोगका अनुसार ११ मंसिरमा हुने राष्ट्रियसभा निर्वाचनका लागि ८ माघको राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भ्रातृ सङ्गठन वा अन्य व्यक्ति तथा संघ संगठनले चुनाव प्रचार गर्न पाउने छैनन् ।

यस अवधिमा राष्ट्रियसभा निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल अन्तर्क्रिया, सभा, सम्मेलन कार्यशाला गोष्ठी गर्न नपाइने व्यवस्था रहेको निर्वाचन आयोगको भनाइ छ ।

तर बुधबार सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनले अन्तर्क्रिया कार्यक्रम गरेका छन् । नेकपा एमाले र राप्रपाले होटलमा र सत्ताबन्धनले डाक्टर शेखर कोइरालाको निवासमा भेला गरेका हुन् । आयोगले उक्त कार्यक्रम आचारसंहिता विपरीत हो कि होइन भनेर सोधेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस