राजसंस्थाको मुद्दा राष्ट्रिय सभामा प्रवेश गराउन खोजेको हो ? भन्दै एमालेलाई गगनको प्रश्न « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजसंस्थाको मुद्दा राष्ट्रिय सभामा प्रवेश गराउन खोजेको हो ? भन्दै एमालेलाई गगनको प्रश्न


१० माघ २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभा चुनावमा राप्रपासँग गरेको तालमेललाई लिएर एमालेमाथि प्रश्न गरेका छन् । उनले राजसंस्थाको मुद्दा राष्ट्रिय सभामा प्रवेश गराउन खोजेको हो ? भनेर प्रश्न गरेका हुन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा एमालेले राप्रपासँग तालमेल गरेको छ । विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस महामन्त्री थापाले निर्वाचन परिणामबारे आशङ्का नरहेको बताए । तर चुनावी परिणाम जे आएपनि राप्रपासँग गरेको तालमेललाई लिएर एमालेले जवाफ दिनुपर्ने बताए ।

राप्रपाले फागुनबाट राजसंस्था पुनर्स्थापना गर्छु भनेर आन्दोलन घोषणा गरेको भन्दै उनले एमालेलाई प्रश्न गरे, ‘एमाले राप्रपा उम्मेदवार जितोस् भन्ने चाहन्छ । एमालेले राजसंस्था पुनस्थापित गर्छु भन्ने व्यक्तिलाई निर्वाचित गराएर त्यो आन्दोलनलाई राष्ट्रिय सभामा प्रवेश गराउन चाहेको हो ?’

परिणाम सत्ता गठबन्धनको पक्षमा आउने दाबी गरेका उनले नैतिक कसीमा चुकेको बताए । एमालेलाई राजनीतिक प्रश्न रहिरहने भन्दै महामन्त्री थापाले भने भने, ‘नैतिक कसीमा नेकपा एमाले पटक(पटक चुकेको छ, फेरि चुक्यो ।’

Tags :
प्रतिक्रिया दिनुहोस