आज यी प्रदेशमा हिमपातको सम्भावना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज यी प्रदेशमा हिमपातको सम्भावना


१० माघ २०८०, बुधबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशको पहाडी भू-भागमा आंशिकदेखि  साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। 

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

 तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

Tags :
प्रतिक्रिया दिनुहोस