भट्टराईलाई नार्कको कार्यकारी निर्देशक बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भट्टराईलाई नार्कको कार्यकारी निर्देशक बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश


९ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशकमा डा. ध्रुवराज भट्टराईलाई कामु जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको उपरजिस्ट्रार तथा अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

मन्त्री वेदुराम भुसाललाई समेत विपक्षी बनाएर दायर रिटमा पाटन उच्च अदालतका न्यायाधीश हरिप्रसाद पौडेलले मंगलबार सुनुवाइ गर्दै उक्त आदेश गरेका प्रवक्ता भट्टराईले बताए ।

कनिष्ठलाई जिम्मेवारी दिइएको भन्दै ३ जनाले रिट दायर गरेका थिए । अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने सम्बन्धमा छलफल गर्न अदालतले माघ १४ गते दुवै पक्षलाई बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस