उच्च अदालतद्वारा एनसेलको शेयर बिक्री कार्यान्वयन नगर्ने अन्तरिम आदेशलाई निरन्तरता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उच्च अदालतद्वारा एनसेलको शेयर बिक्री कार्यान्वयन नगर्ने अन्तरिम आदेशलाई निरन्तरता


९ माघ २०८०, मंगलबार


काठमाडौँ । एनसेलको पछिल्लो शेयर खरिद बिक्री सम्झौता कार्यान्वयन नगर्नु भन्ने अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता दिएको छ ।

न्यायाधीशहरू शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

उच्च अदालत पाटनले रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म अन्तरिम आदेशले निरन्तरता पाउने भनेको छ । उच्च अदालतले संवेदनशील विषयवस्तु रहेको भन्दै मुद्दालाई अग्राधिकारमा राख्न आदेश समेत दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस