अमेरिकाको सिकागोमा गोली चल्दा ७ को मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अमेरिकाको सिकागोमा गोली चल्दा ७ को मृत्यु


९ माघ २०८०, मंगलबार


काठमाडौँ । अमेरिकाको सिकागोमा दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ । गोली जोलिएट, इलिनोइसको वेस्ट एकर्स रोडको २२०० ब्लकमा भएको थियो । घटनापछि अभियुक्त भने फरार रहेका छन् । उनको पहिचान रोमियो नान्सको रुपमा भएको छ ।

प्रहरी प्रमुख बिल इभान्सले दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ । प्रहरी विभागले संदिग्धले रातो टोयोटा क्यामरी चलाएको र संदिग्धलाई खतरनाक व्यक्तिको रूपमा पहिचान गरेको बताए ।

प्रहरीले आरोपीको पहिचानका लागि स्थानीयको सहयोग मागेको छ । अमेरिकामा दिनहुँजसो गोलीकाण्डका घटना भइरहेका छन् । तथ्याङ्कअनुसार यो वर्षको पहिलो साता गोलीबारीमा ८७५ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस