प्रधानमन्त्री ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एमाले « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एमाले


९ माघ २०८०, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै छ।

एमालेले आज बिहान ९ बजे प्रधानमन्त्री ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउन लागेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेले जन गुनासो समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको उनले बताए।  

एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि कोशी प्रदेशको चिवाभञ्ज्याङसम्म सङ्कल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै २ हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापनपत्र बुझाउन लागिएको ज्ञवालीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस