डाक्टर पढाएर भएपनि कोशीमा हृदय रोग केन्द्र चलाउँछौँ : मुख्यमन्त्री कार्की  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

डाक्टर पढाएर भएपनि कोशीमा हृदय रोग केन्द्र चलाउँछौँ : मुख्यमन्त्री कार्की 


८ माघ २०८०, सोमबार


काठमाडौँ । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र हुँदै सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र बनाइएको अस्पताललाई आज हृदय रोग केन्द्रको रूपमा उद्घाटन गरिएको छ ।

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्ले शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन गर्ने निर्णय भएसँगै सोमबार केन्द्रको उद्घाटन भएको हो । 

मुख्यमन्त्री केदार कार्कीको निर्देशनमा बनेको हृदय रोग केन्द्र सञ्चालनको लागि अहिलेसम्म जनशक्ति नै नभएको पाइएको छ । अस्पताल सुरु गर्नुभन्दा पहिला त्यसको कर्मचारी संरचना तथा दरबन्दीको व्यवस्था गरेर ओएनएम सर्वेको आधारमा कर्मचारी भर्ना गर्नु पर्ने भएपनि मुख्यमन्त्रीको जोडबलमा अस्पतालको उद्घाटन गरिएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले जनशक्तिको समस्या समाधान गर्न प्रदेश सरकारले डाक्टर पढाउने दाबी गरे । ‘जनशक्ति छैनन् भन्ने खालका कुरा हाम्रोलागि नयाँ हैन’, उनले भने, ‘त्यही भएर नै हामीले डाक्टर पढाउनको लागि पैसा छुट्याएका छौँ, पढाएर भए पनि अस्पताल चलाउँछौँ ।’

कोशी प्रदेश सरकारले विशेषज्ञ नआएको अवस्थामा पनि एउटा डाक्टर पढ्न मन गरेको तर आर्थिक अभावको कारण ४०-५० लाख तिर्न नसक्ने व्यक्तिलाई डाक्टर पढाएर ५ वर्षसम्म हृदय रोग केन्द्रमा ल्याएर काम गराउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस