साबिकका अञ्चल अस्पतालमा अब नर्सिङ पढाउँछौँ : सचिव डा. पोखरेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

साबिकका अञ्चल अस्पतालमा अब नर्सिङ पढाउँछौँ : सचिव डा. पोखरेल


८ माघ २०८०, सोमबार


काठमाडौँ । सरकारले साबिकका अञ्चल अस्पतालहरूमा नर्सिङ पढाउने सरकारले तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार एकदेखि तीन सय शैयासम्मका सरकारी अस्पतालमा नर्सिङ पढाउन लागिएको हो ।

उनका अनुसार यो तयारीले केही दिन भित्रै मन्त्रिपरिषदबाट निर्णय भएर मूर्त रूप लिनेछ । ‘एकसयदेखि तीन सय बेडमुनिका जुन अस्पतालहरू छन् नेपाल सरकारका छन् । चाहे ती प्रादेशिक हो वा चाहे केन्द्रमा तिनीहरूमा नर्सिङ पढाउन सकिन्छ कि सकिँदैन ? पढाउने गरी हामीले नीगितगत रूपमा पास गर्‍यौँ । अब तीन दिन भित्र मन्त्रिपरिषद् लान्छौँ’ सचिव पोखरेलले जानकारी दिए ।

सोमबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले आफूहरूले एक सय बेड अथवा दुई सय बेड भएका अस्पतालमा नर्सिङ पढाउन चाहेको बताए । उनले थपे, ‘पहिलेका साबिकका अञ्चल अस्पतालमा हामी अब नर्सिङ पढाउँछौँ र त्यसको दायित्व राज्यले लिने भन्ने हिसाबले अगाडि गएको छ ।’

सचिव पोखरेलले ३ सय बेडका अस्पतालहरूका एमबीबीएस शिक्षा गर्ने तयारी रहेको पनि जानकारी दिए । साथै, नर्सिङ पढाउनेलाई स्टाफ र ब्याचलर नर्स दुई कोर्ष एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गरिएको उनले बताए । ‘स्टाफ नर्स र ब्याचलर नर्स पनि हुनुपर्छ । दुइटालाई दुईटा अस्पताल दिन थाल्यो भने फेरि सकिँदैन’ सचिव पोखरेले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस