यू-१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग पराजित  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

यू-१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग पराजित 


७ माघ २०८०, आइतबार


काठमाडौँ । आईसीसी यू-१९ विश्वकपको पहिलो खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध ६४ रनको हार बेहोरेको छ । न्युजिल्यान्डविरुद्ध नेपालले बेहोरेको यो पहिलो हार हो । 

यसअघि नेपालले सन् २००६ को संस्करण र २०१६ को संस्करणमा न्युजिल्यान्डविरुद्ध खेल्दा क्रमशः एक विकेट र ३२ रनको जित निकालेको थियो ।

आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर खेल्दै नौ विकेट गुमाएर २३८ रनमात्र बनाउन सक्यो । नेपालको तर्फबाट ओपनर अर्जुन कुमालले सर्वाधिक ९० रन बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस