भाषा सङ्ग्रहालय स्थापना गर्ने मन्त्री किराँतीको घोषणा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भाषा सङ्ग्रहालय स्थापना गर्ने मन्त्री किराँतीको घोषणा


७ माघ २०८०, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा सङ्ग्रहालय स्थापना गर्ने बताएका छन्। आइतबार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। 

उनले भाषा सङ्ग्रहालयका लागि सोमवार (भोलि) नै भाषा सङ्ग्रहालय अध्ययन समिति बनाउने घोषणा गरे। उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिबद्धता पनि जनाए। उनले हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको बताए।

उनले भने, ‘गोठाटारको जग्गा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिनेछौँ। यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पुर्‍याउन पनि एउटा सानो समिति गठन गर्छौँ। मान्छेहरू घुमाएर द्वन्द्व चाहन्छन्, शान्ति चाहँदैनन्। म भाषाको सङ्ग्रहालय बनाउँदै छु। भाषा सङ्ग्रहालय अध्ययन समिति बनाउँदै छु। हामीलाई हिन्दु विश्वविद्यालय चाहिन्छ।’

मन्त्री किराँतीले विश्वविद्यालयलाई पूर्ण सञ्चालनका लागि पनि मन्त्रालयले समिति गठन गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस