कोशीलाई २५ रनमै अल आउट गर्दै गण्डकीको पहिलो जित  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कोशीलाई २५ रनमै अल आउट गर्दै गण्डकीको पहिलो जित 


७ माघ २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामामा कोशी प्रदेशले आज पनि निराशाजनक हार व्यहोरेको छ । कोशी आइतबार भएको खेलमा गण्डकी प्रदेशसँग २५ रनमै अलआउट भएको छ । गण्डकीले कोशीलाई सस्तैमा अलआउट गर्दै १ सय ४२ रनको जित निकाल्यो। गण्डकीको यो चौथो खेलमा पहिलो जित हो।

टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४८.२ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो। उसका लागि मुस्कान थापाले ६७ रन बनाउँदा विपिन खत्रीले ४२ रन बनाए। कोशीका लागि अभ्यास तिम्सिनाले एक्लै ६ विकेट लिएका थिए।

तर १ सय ६८ रनको सामान्य लक्ष्य पछ्याएको कोशीका लागि कुनैपनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। कोशी १५.२ ओभरमा अलआउट हुँदै २५ रनमा समेटियो। कोशीका लागि कप्तान अङ्कित सुवेदीले ८ रन बनाउनु सर्वाधिक रह्यो।

कोशीलाई धारासायि बनाउने क्रममा गण्डकीका विपिन खत्रीले ७ ओभर बलिङ गर्दै ४ रन खर्चिएर ३ मेडन सहित ६ विकेट लिए। त्यस्तै सन्दीप पराजुलीले ३ विकेट लिँदा अङ्कित न्यौपानेको नाममा १ विकेट रह्यो। कोशीको यो जारी प्रतियोगितामा छैटौँ हार हो गण्डकीको भने यो पहिलो जित हो।

Tags :
प्रतिक्रिया दिनुहोस