आइएमई पे एपमा रु. एकको खेल-उपहार स्वरूप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरू « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आइएमई पे एपमा रु. एकको खेल-उपहार स्वरूप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरू


७ माघ २०८०, आइतबार


काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले यही माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ । यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आबद्ध भइ रु. १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरूप १० वटा अल्टिमाको प्रडक्टहरू राखेको छ ।

आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफूलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नुहुन्छ । यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४२०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा पाँच प्रतिशत अतिरिक्त छुट (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्नु हुनेछ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली (२०७२ बमोजिम आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै
आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

Tags :
प्रतिक्रिया दिनुहोस