अन्तिम टी-२० मा पाकिस्तान विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अन्तिम टी-२० मा पाकिस्तान विजयी


७ माघ २०८०, आइतबार


काठमाडौँ । न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिजमा पाकिस्तान विजयी भएको छ ।

सिरिजको अन्तिम तथा पाँचौँ खेलमा ४२ रनको जित निकालेपछि क्लिनस्वीप हुनबाट जोगिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाएको थियो ।

जवाफमा न्युजिल्यान्डको टोली १७.२ ओभरमा ९२ रनमै सिमित भयो । तर, यो हारका बाबजुद न्युजिल्याण्डले यो सिरिज ४–१ ले जितेको छ । उत्कृष्ट बलिङका लागि इफ्तिखार अहमद खेलको प्लेयर अफ द म्याच र फिन एलेन (२७५ रन) प्लेयर अफ द सिरिज चुनिए ।

पाकिस्तानका कप्तान शाहिन अफ्रिदीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । पाकिस्तानी टोलीले यो खेलमा युवा ब्याट्सम्यान साम अयुबलाई रोकेर उनको स्थानमा हसिबुल्लाह खानलाई डेब्यु गर्ने मौका दिएको थियो । तर उनी खाता नखोलेर आउट भए । त्यसपछि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ३८ बलमा ३८ रन बनाएर इनिङ्सलाई सम्हाले । बाबर आजमले मात्र १३ रन बनाउन सके । 

मध्यक्रममा फखर जमानले १६ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३३ रनको इनिङ खेले । यसबाहेक साहिबजादा फरहानले १४ बलमा १९ रन बनाएर टोलीलाई संघर्षपूर्ण स्कोरमा पुर्‍याए । न्युजिल्याण्डका टिम साउथी म्याट हेनरी र इश सोढीले दुई दुई विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको टोलीले नियमित अन्तरालमा विकेट गुमायो । कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन् । फिन एलेनले १९ बलमा २२ रन र ग्लेन फिलिप्सले २२ बलमा २६ रन बनाए पनि बाँकी ब्याट्सम्यान पूर्ण रूपमा फ्लप भए । जसको कारण टोली ९२ रन बनाएर आउट भएको थियो ।

पाकिस्तानका लागि कप्तान शाहिन अफ्रिदी र मोहम्मद नवाजले दुई दुई विकेट लिए । इफ्तिखार अहमदले मात्र २४ रनमा ३ विकेट लिए । विश्वकप २०२३ पछि कुनै पनि फर्म्याटमा पाकिस्तानको यो पहिलो जित हो ।

Tags :
प्रतिक्रिया दिनुहोस