सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?


७ माघ २०८०, आइतबार


काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस