२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप : मधेशद्वारा कर्णाली प्रदेश ६१ रनले पराजित

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

२३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले । एक समय कर्णाली २८.२ ओभरमा १०४–७ को अवस्थामा पुगेको थियो । आठौँ विकेटका लागि दिनेश अधिकारी र अर्जुन घर्तीले ६१ रनको साझेदारी गर्दै कर्णालीको जितको आशा कायमै राखेका थिए ।

तर तीव्र गतिका बलर राजेश यादवको ४० औँ ओभरको चौथो बलमा दिनेश आउट भएपछि कर्णालीको जितको सम्भावना लगभग सकिएको थियो । सट बलमा छक्का हान्न खोज्दा टप एज लागेर उनी मिडअफमा मयन यादवबाट क्याच हुन पुगेका थिए । अर्जुन अन्तिम विकेटको रुपमा लङअनमा पवन सरार्फबाट क्याच आउट भए । कर्णालीले कप्तान तथा प्रमुख ब्याटर रवीन्द्रजंग शाहीलाई एक रनमै गुमाएको थियो । तीव्र गतिका बलर राजेश यादवको बलमा रवीन्द्र एज लागेर फस्टस्लिपमा रञ्जित कुमारबाट क्याच आउट भएका थिए ।

राजेश यादवले नै हिमांशु शाहीलाई २ रनमा क्याच आउट गराए । तेस्रो विकेटका लागि विपिन शाही र अर्जुन घर्तीले ४४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । विपिन शाही स्पिनर रञ्जित कुमारको बलमा कभरमा रुपेशबाट क्याच आउट भएपछि कर्णालीलाई ठूलो झड्का लागेको थियो । विपिन शाहीले ३८ बलमा ६ चौकासहित ३१ रनको इनिङ खेले ।

निश्चल रावल प्रदीप पासवानको बलमा ४ रनमा बोल्ड आउट भए । दीपेन्द्र रावत ५, प्रकाश जैसी १४ र युनिस सिंह शून्यमा आउट हुन पुगे । मधेशका राजेश यादवले ६ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले १-१ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो। मधेशका कप्तान हरिशंकर शाहले ६१ बलमा ६ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेले । युवा ब्याटर मयन यादव ८८ बलमा ५ चौकासहित ५० रनमा आउट भए । अनिलकुमार साहले ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रनको योगदान दिए ।

ओपनर अनिल र हरिशंकरले मधेशलाई पहिलो विकेटका लागि १३.५ ओभरमा ८५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पवन सरार्फ ११, निरज यादव शून्य, राहुल मण्डल १० र रुपेश सिंह ३ रनमा आउट भएपछि मधेश ८५–० बाट १६३–६ को अवस्थामा पुगेको थियो । सातौँ विकेटका लागि मयन यादव र अभिषेक तिवारीले ४१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलिङ अलराउन्डर अभिषेक तिवारीले ३७ बलमा ४ चौका र १ छक्कासहित ३४ र बनाउँदै आउट भए । राजेश यादव र प्रदीप पासवानले ११-११ रन जोडे । कर्णालीका स्पिनर दीपेन्द्र रावतले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए । अनुज चुनाराले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । युनिस सिंह, दिनेश अधिकारी र दिवान पुनले एक-एक विकेट लिए ।

यो जितले मधेश ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । कर्णाली ४ खेलमा समान २ मा जित र हारका साथ सातौँ स्थानमा छ । सुदूरपश्चि ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । बागमती ५ खेलमा ६ अंक भए पनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । तीन विभाग र ७ प्रदेश गरी कुल १० टोलीको सहभागीता छ । राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।