२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चित्रे-घोडेपानी सडक स्तरोन्नतिको काम अघि बढ्यो

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढेको छ ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने चित्रे-घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्ने तयारी थालेको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले मन्त्रालयको निर्देशनअनुसार सडक स्तरोन्नति गर्न प्राविधिक टोलीले सर्वेक्षण गरेको जानकारी दिए। विसं २०७६ मा प्रदेश सरकारको लगानीमा मार्ग खुलेको थियो ।

सडक विस्तार, ग्रेड, घुम्ती तथा मोड सुधार गरेर बाह्रै महिना सहजरूपमा नियमित यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारले प्राथमिकता र चासो देखाएको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु तीस लाख बजेट विनियोजन भएको यो सडक योजनाका लागि थप रु तीस लाख बजेट थप गर्ने र त्यसलाई २० प्रतिशत मानेर रु तीन करोड बजेट बराबरको वहुवर्षीय ठेक्का लगाउन लागेको छ ।

गत मङ्सिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रथम चौमासिक समीक्षामा सहभागी हुन आउनुभएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चित्रे-घोडेपानी सडक स्तरोन्नति गर्न यसै वर्ष वहुवर्षीय ठेक्का प्रक्रिया सुरु गर्ने घोषणा गरेका थिए ।

घोडेपानीबाट कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यस वर्ष रु तीस लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको छ । कास्कीको नयापुल, तिखेढुुङ्गा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना छ ।

सडक सहज भएपछि घोडेपानी-पुनहिल क्षेत्रमा पर्यटक आगमन बढ्ने, स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृश्य अवलोकनका लागि प्रसिद्ध छ । यहाँ वार्षिक ३० हजारभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउने गरेका छन् ।