पूर्वराजा ज्ञानेन्द्रद्वारा गढीमाई मन्दिरमा पूजापाठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वराजा ज्ञानेन्द्रद्वारा गढीमाई मन्दिरमा पूजापाठ


४ माघ २०८०, बिहिबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बाराको बरियारपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा पूजापाठ गरेका छन्। मधेश प्रदेशको बारा, पर्सा, रौतहट एवं सर्लाहीको धार्मिक भ्रमणमा रहेका शाहले बिहीबार साँझ गढीमाई मन्दिरमा पूजापाठ गरेका हुन।

गढीमाईको दर्शन गर्न आएका शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका थिए। उनीहरूले शाहको पक्षमा केही समय नाराबाजी समेत गरेका थिए।

आगामी माघ १३ गते वीरगन्जस्थित लाल बङ्गलाको प्राङ्गणमा पूर्व राजा शाहलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम समेत रहेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस