बिदा नलिने कर्मचारीलाई प्रहरीले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बिदा नलिने कर्मचारीलाई प्रहरीले सोध्यो स्पष्टीकरण


४ माघ २०८०, बिहिबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय खोटाङले बिदा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। छ महिनासम्म बिदा नलिएको भन्दै पाँच जना प्रहरीसँग स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी पुरुषोत्तम खड्काले बताए । 

प्रहरीलाई बिदा नलिनुको कारणबारे स्पष्टीकरण सोधिएको डिएसपी खड्काले बताए । डिएसपी खड्काका अनुसार प्रहरी सहायक हवल्दार सबिन थुक्लुङ लिम्बु, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रूपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको हो।

कारबाहीका लागि स्पष्टीकरण सोधिए नभई नियमानुसार बिदा किन नलिएको भन्दै स्पष्टीकरण सोधिएको डिएसपी खड्काको भनाई छ । 

‘यो भनेको कुनै विषयमा स्पष्ट हुनको लागि गरिने हो,’ उनले भने, ‘६ महिनासम्म बिदा नलिई काम गरेकाले किन नलिइएको हो ? केही समस्या हो कि, परिवारमा केही समस्या पो भएर हो कि भनेर सोधेका हौँ, कारबाहीका लागि होइन।’

प्रहरी नियमावली अनुसार वर्षमा प्रहरी कर्मचारीले ३० दिन घर बिदा र १२ दिन भइपरी आउने बिदा लिन पाइन्छ। 

Tags :
प्रतिक्रिया दिनुहोस