तेस्रो टी-२० क्रिकेट : दोस्रो सुपर ओभरमा भारतले अफगानिस्तानलाई हरायो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तेस्रो टी-२० क्रिकेट : दोस्रो सुपर ओभरमा भारतले अफगानिस्तानलाई हरायो


४ माघ २०८०, बिहिबार


काठमाडौँ । अफगानिस्तानविरुद्धको तेस्रो टी-२० क्रिकेटमा भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ । बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्सका कारण अफगानिस्तानलाई २१३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । 

यो ठूलो लक्ष्यको जवाफमा अफगानिस्तानको टोली खेल बराबरी गर्न सफल भयो । दुई टोलीबीच सुपर ओभर खेलिएको थियो जुन बराबरीमा टुंगिएको थियो । यसपछि दोस्रो सुपर ओभरमा भारतले १० रनले खेल जित्दै सिरिज पनि क्लीनस्वीप गर्न सफल भयो ।

टस जितेर ब्याटिङ गर्न आएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो । यशस्वी जैसवालले ४ रन, शिवम दुबेले १ रनमा आउट हुँदा विराट कोहली र सञ्जु सामसनले पहिलो बलमै विकेट गुमाए । भारतले २२ रनमा ४ विकेट गुमाएको थियो । तर, रोहित शर्मा र रिंकु सिंहले १९० रनको बलियो साझेदारी गरे । 

रोहित शर्माले ६९ बलमा ११ चौका र ८ छक्का सहित १२१ रनको नटआउट पारि खेल्दा,रिंकु सिंहले ३९ बलमा ६९ रनको उत्कृष्ट इनिङ खेले । उनले २ चौका र ६ छक्का प्रहार गरे । 

अफगानिस्तानका लागि फरीद अहमद मलिकले सर्वाधिक ३ विकेट लिए भने अजमातुल्लाह ओमरजाईले १ विकेट लिए ।

२१३ रनको विशाल लक्ष्य पछ्याएको पाहुना टोलीका ओपनिङ ब्याट्सम्यानले ९३ रनको आक्रामक सुरुवात गरेका थिए । रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले ५०–५० रनको उत्कृष्ट पारी खेले । तर अन्तिम ओभरमा गुलबदिन नाइबले २३ बलमा ४ छक्का र ४ चौकाको मद्दतले खेल बराबरीमा टुङ्ग्याए । नाइबले अन्तिम ओभरमा १८ रन बनाएर खेल बराबरीमा ल्याएका थिए ।

पहिलो सुपर ओभर

खेल बराबरी भएपछि सुपर ओभरको खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ६ बलमा १६ रन बनाएको थियो । भारतका लागि रोहित शर्मा र यशस्वी जैसवाल ब्याटिङमा आए । रोहित शर्माले २ छक्का प्रहार गरेपछि मैदान बाहिर गए । जैसवालले अन्तिम बलमा ४ रन बनाउन सके र सुपर ओभर पनि बराबरीमा सकियो ।

दोस्रो सुपर ओभर

पहिलो सुपर ओभरमा बराबरी भएको थियो । दोस्रो सुपर ओभरमा भारतका तर्फबाट रोहित शर्मा र रिंकु सिंह फेरि ब्याटिङ गर्न मैदानमा आए । रोहितले पहिलो दुई बलमा एक छक्का र एक चौका प्रहार गरे पनि रिंकु र रोहितले ११ रन बनाएर रनआउट भए । १२ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले ३ बलमा १ रन बनाएर दुवै विकेट गुमाएपछि भारतले यो रोमाञ्चक खेल १० रनले जित्यो ।  

Tags :
प्रतिक्रिया दिनुहोस