वित्तीय उत्तरादायी ऐन संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वित्तीय उत्तरादायी ऐन संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय


३ माघ २०८०, बुधबार


काठमाडौँ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै, राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस