रास्वपाको केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


३ माघ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार आर्थिक तथा प्रशासनिक नियमावली बैठकबाट पारित गर्ने कार्यसूची छ ।

यस्तै,संगठनको अद्यावधिक,आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ । समसामयिक विषयसँगै सभापति लामिछानेले घोषणा गरेको विभिन्न २१ वटा आयोजनाहरूमा जिम्मेवारी तोक्ने सन्दर्भमा पनि छलफल गरिने अर्यालले जानकारी दिए ।  

रास्वपा बैठकले विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्टलगायतका विषयमा पनि छलफल गर्दैछ। 

Tags :
प्रतिक्रिया दिनुहोस