पूर्वमन्त्री खानद्वारा खानेपानी आयोजनाको अनुगमन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्वमन्त्री खानद्वारा खानेपानी आयोजनाको अनुगमन


२ माघ २०८०, मंगलबार


सल्यान । पूर्वखानेपानी मन्त्री एवम् जनमत पार्टीका सांसद अब्दुल खानले सल्यानको शारदा नगरपालिकामा निर्माणाधीन खानेपानी आयोजनाको अनुगमन गरेका छन् ।

नगरपालिकाको वडा नं. १४ र १५ तथा वडा नं. ६ मा करिब १३ करोड रुपैयाँको लागतमा निर्माणाधीन खानेपानी आयोजनाहरूको अनुगमन गरेका हुन् ।

खान खानेपानी मन्त्री हुँदा विश्व बैङ्कसँग कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खानेपानीको लागि त्रिपक्षीय सम्झौता भएको थियो । आफ्नो पालामा भएको सम्झौता अनुगमनका लागि उनी शारदा नगरपालिका पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस