रुसी फौजमा कार्यरत थप एक नेपालीको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रुसी फौजमा कार्यरत थप एक नेपालीको मृत्यु


२ माघ २०८०, मंगलबार


काठमाडौँ । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस-युक्रेन युद्धमा मृत्यु भएको हो ।

मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरूले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका बताइएको छ । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस